सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।
सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा तीन दिनसम्म चल्ने ५४ होलको प्रतियोगितामा निरजले टंक बहादुर कार्की र बलभद्र राईलाई १८ होलको समाप्तीमा ३ स्ट्रोकको अग्रता बनाएका छन्। ३-अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन्।
१-अन्डर ६९ को स्कोरमा दुई पुर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटी तथा दुई एमेच्योर खेलाडी प्रकृत तामाङ र राहुल विश्वकर्माले संयुक्तरुपमा चौथो स्थान बाँडे। यस्तै इभन-पार ७० को स्कोर बनाएका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार पहिलो दिनको समाप्तिमा संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्।
धरान गल्फ क्लबमा डिफेन्डिङ च्याम्पियन निरजले सानदार सुरूवात गर्ने क्रममा दोस्रो होलमा बोगी प्रहार गरे। यसपछि भने तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलतामा फ्रन्ट नाइन ३-अन्डर ३३ खेले। यसपछि १२औं, १३औं, १६औं र १८औं होलमा एक-एक सट बचाए। १५औं होलमा बोगी खेप्दै ब्याक नाइन ३-अन्डर ३१ मा सकाए।
टंकले भने फ्रन्ट नाइन १-अन्डर ३५ मा पुरा गर्ने क्रममा दोस्रो होलमा एक सेट खेर फाले। आठौं र नवौं होलमा लगातार दुई बर्डी प्रहार गरे। यसपछि १४औं र १८औं होलमा एक-एक सट बचाएका उनले ब्याक नाइन बोगीरहित २-अन्डर ३२ खेले।
धरानका भेट्रान प्रो बलभद्रले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो र सातौं होलको बर्डीले २-अन्डर ३४ को नतिजा निकाले। १०औं होलमा बोगी प्रहार गर्दा १५औं र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए।
एमेच्योरतर्फ राहुल र प्रकृत १-अन्डर ६९ सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। राम तामाङ १-ओभर ७१ सहित तेस्रो स्थानमा रहे।
Shares

प्रतिक्रिया