खेल


विश्वकपमा आज ३ समूहका ३ खेल, यी हुन् खाता खोल्न नसकेका टोली

विश्वकपमा आज ३ समूहका ३ खेल, यी हुन् खाता खोल्न नसकेका टोली

नेपालखबर
माघ २८, २०८२ बुधबार ६:२, काठमाडौँ

भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बुधबार पनि तीन समूहका तीन खेल हुँदै छन्।

ग्रुप डीमा रहेका अफगानिस्तान र दक्षिण अफ्रिकाले बिहान ११ः१५ मा प्रतिस्पर्धा गर्दा अपराह्न ३ः१५ मा ग्रुप बीमा रहेको आयरल्यान्डले अस्ट्रेलियाको सामना गर्नेछ। 

त्यसैगरी साँझ ७ः१५ मा नेपाल रहेको ग्रुप सीका इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन्। 

आज भिड्नलागेका टोलीमध्ये दक्षिण अफ्रिकाले पहिलो खेल जितेको थियो। उसको २ अंक छ। त्यस्तै अफगानिस्तानले पहिलो खेल गुमाएको थियो। यो समूहमा न्यु जिल्यान्ड ४ अंकसहित पहिलो स्थानमा छ। यो समूहमा अफगानिस्तान, अमेरिका र क्यानडा शून्य जितपछि शून्य अंकमा छन्। 

त्यसैगरी आयरल्यान्डले पहिलो खेल गुमाएकाले अंकविहीन छ भने अस्ट्रेलियाले विश्वकपकै पहिलो खेल खेल्दै छ। ग्रुप बीमा जिम्बाब्वे र श्रीलंका समान २ अंकसहित पहिलो र दोस्रो स्थानमा हुँदा आयरल्यान्ड र ओमान शून्य अंकमा छन्।  

यता इंग्ल्यान्डले पहिलो खेलमा नेपालविरुद्ध ४ रनको जित हात पार्दै २ अंक जोडेको थियो। त्यसैगरी वेस्ट इन्डिजले पनि पहिलो खेलमा जित हात पार्दै २ अंक नै जोडेको छ। यी दुई टोली समूह सीमा क्रमशः पहिलो र तेस्रो स्थानमा छन्। दुई खेल खेलेको स्कटल्यान्डले १ खेलमा हार र १ खेलमा जितपछि २ अंक जोड्दै दोस्रो स्थानमा छ। नेपाल र इटली भने अंकविहीन छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad