खेल


टी २० विश्वकप : दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकासँग अफगानिस्तान पराजित

टी २० विश्वकप : दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकासँग अफगानिस्तान पराजित

नेपालखबर
माघ २८, २०८२ बुधबार १५:४१, काठमाडौँ

दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिकाले भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकपमा रोमाञ्चक जित दर्ता गरेको छ।

निर्धारित २० ओभरमा खेल बराबरी भएपछि पहिलो सुपर सुपर ओभरमा पुगेको थियो। पहिलो सुपर ओभर पनि बराबरी भएपछि खेल दोस्रो सुपर ओभरमा धकेलिएको थियो। 

दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रन बनायो। अफगानिस्तनले १९ रन मात्र बनाउन सक्यो। 

जितसँगै समुह डी मा रहेको दक्षिण अफ्रिका ४ अंकमा तालिकाको दोस्रो स्थानमा छ। दुई खेलमा जित निकालेको न्यु जिल्यान्ड ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ। समान ४ अंक चएपनि नेट रनरेटमा अघि रहँदै दक्षिण अफ्रिका दोस्रो स्थानमा पुगेको हो। 

अफगानिस्तानले भने लगातार दुई खेलमा हार व्यहोरेको छ। अफगानिस्तान पहिलो खेलमा न्यु जिल्यान्डसँग पराजित भएको थियो। पहिलो खेलमा हार भोगेका युएई र क्यानडा अंक विहिन रुपमा चौथो र पाचौँ स्थानमा छन्।

दक्षिण अफ्रिकाले पहिलो बलमा १ रन लियो। दोस्रो बलमा छक्का प्रहार गर्दा तेस्रो बलमा विकेट गुमायो। चौथो बलमा चौका, पाचौँ बल डट राख्दा अन्तिम बलमा छक्का प्रहार गर्दै १७ रन बनाउँदै खेललाई दोस्रो सुपरमा पुर्याएको थियो। 

सुपर ओभरमा अफगानिस्तानले १७ रन बनाएको थियो। अफगानिस्तानले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का, तेस्रो र चौथो बलमा समान एक रन तथा पाचौँ बलमा चौका र अन्तिम बलमा १ रन लिदै १७ रन बनायो। अजमतुल्लाह ओमारजाइले ५ बलमा १६ रन प्रहार गरे। रहमुल्लाह गुरवाजले १ रन बनाए।

त्यसअघि दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको अफगानिस्ताले १९.४ ओभरमा १० विकेटको क्षतिमा १ सय ८७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। 

अफगानिस्तानका लागि ओपनर रहमुल्लाह गुर्वाजले सर्वाधिक ८४ रन बनाए। ४२ बलमा ४ चौका र ७ छक्का प्रहार गरेका गुल्वाज केशव महाराजको बलमा क्याच आउट हुन पुगे। 

अर्का ओपनर इब्राहिम जड्रान १२ रन बनाउँदा लुंगी एनगिडिको बलमा बोल्ड आउट भए। गुल्बदिन नइव शुन्य रनमा नै एनगिडीको बलमा कट एण्ड बोल्ड भए। नुर अहमद अजमुतुल्लाह ओमारजाइले २२ र कप्तान रासिद खानले २० रन थपे। सिद्दीकी अताल शुन्य रनमा नै पेभेलियन फर्के। डर्विस रसोली १५ रनमा रनआउट भए।

लुंगी एनगिडिले ३ विकेट लिए। मार्को जानसेन, कागिसो रवडा, जर्ज लिन्डे, केशव महाजनले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो। 

दक्षिण अफ्रिकाका लागि रायन रिकेल्टोनले सर्वाधिक ६१ रन बनाउँदा रासिद खानको बलमा एलबीडब्लु धरापमा परे। उनले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। 

क्वीन्टन डि ककले ४१ बलमा ५ चौका र ३ छक्का सहयोगमा ५९ रन बनाउँदा रासिद खानको बलमा इब्राहिम जड्रानको हातबाट क्याच आउट हुन पुगे। 

डेवालड ब्रिभिसले २३ र डेविट मिलरले २० रन थपे। मार्को जानसेनले १६ न बनाए। 

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले ३ विकेट लिए। रासिद खानले २ र फजल्हक फारुकीले एक विकेट आफ्नो नाममा गरे। 

आजै हुने खेलमा समुह बी को खेलमा श्रीलंकाको कोलम्बोमा अस्ट्रेलिया र आयरल्यान्ड भिड्नेछन्। दिनको अन्तिम खेलमा समूह सीका इंग्ल्यान्ड र वेष्ट इण्डिज सवा ७ बजे खेल्नेछन्।

समूह चरणको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। वेष्ट इण्डिजले भने आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad