खेल


जावलाखेलको २ गोलले मछिन्द्र 'आउट', पोखरामा विदेशी खेलाडीको जादु

जावलाखेलको २ गोलले मछिन्द्र 'आउट', पोखरामा विदेशी खेलाडीको जादु

नेपालखबर
माघ २८, २०८२ बुधबार २०:५०, काठमाडौँ

पोखरामा जारी २३ औँ आहा रारा पोखरा गोल्डकपमा उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा बुधबार भएको 'हाइभोल्टेज' भिडन्तमा जावलाखेलले मछिन्द्रलाई २–० गोलले घर पठाउँदै शानदार जित दर्ता गरेको हो। जावलाखेललाई जित दिलाउन विदेशी खेलाडीद्वय निकोलस हेमिलटन र बौबुकार सिसोखोले दोस्रो हाफमा निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि ५४ औँ मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि नै सिसोखोले गोल गरेपछि मछिन्द्र खेलमा फर्किन सकेन। खेलको 'प्लेयर अफ दि म्याच' निकोलस घोषित भए।

यसपटक सहारा क्लबले पुरस्कार राशिमा भारी वृद्धि गर्दै विजेतालाई १४ लाख १ हजार रुपैयाँ र उपविजेतालाई ७ लाख १ हजार रुपैयाँ प्रदान गर्दैछ। फागुन ९ गतेसम्म चल्ने यस प्रतिष्ठित प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले विद्युतीय स्कुटर पुरस्कार पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad