नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी पाकिस्तान सुपर लिग (पिएसएल) टोली इस्लामावाद युनाइटेडमा अनुबन्ध भएका छन्।
पीएसएलका लागि आज भएको अक्सनमा इस्लामावादले दीपेन्द्रलाई ६० लाख पाकिस्तान रुपैयाँ (३१ लाख १० हजार) रुपैयाँमा खरिद गरेको हो।
पहिलो राउन्डमा विक्री नभएका दीपेन्द्रलाई दोस्रो राउण्डमा इस्लामावादले खरिद गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पूर्ण सदस्य राष्ट्रले आयोजना गर्ने फ्रेन्चाइज लिगमा दीपेन्द्रले पहिलो पटक अवसर पाएका हुन्।
यसअघि सन्दीप लामिछानेले आइपिएललगायत विश्वका शीर्षस्थ अधिकांश लिग खेलेका छन्।
दीपेन्द्र हाल भारत र श्रीलंकामा जारी आइसीसी टी-२० विश्वकप खेल्ने टोलीमा छन्। विश्वकपको पहिलो खेलमा दीपेन्द्रले इंग्ल्यान्डविरुद्व सर्वाधिक ४४ रन बनाउनुको साथै २ विकेट लिएका थिए।
सोही खेलबाट दीपेन्द्रले टि ट्वान्टी आईमा २ हजार रन पूरा गरेका थिए। उनले ९१ खेलमा उनले ६० विकेट लिइसकेका छन्।
अलराउन्डर विश्व वरीयताको छैटौं स्थानमा रहेका दिपेन्द्रले सन् २०२३ को एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाउँदै कीर्तिमान बनाएका थिए।
पीएसएलको अक्सनका लागि दीपेन्द्रसहित ९ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए। तर अन्य खेलाडी बिक्री भएनन्।
अक्सनमा अर्जुन साउद, देव खनालले १ करोड १० लाख तथा विपिन शर्मा, आरिफ शेख, आसिफ शेख, गुलशन झा, सोमपाल कामी र शेर मल्लले समान ६० लाख रुपैयाँ आफ्नो न्युनतम मुख्य राखेका थिए।
Shares

प्रतिक्रिया