शेरफाने रुदरवोर्डको उत्कृष्ट ब्याटिङ र गुणाकेश मोतीको शानदार बलिङमा दुईपटकको विश्व च्याम्पियन इंग्ल्यान्ड वेस्ट इन्डिजसँग स्तब्ध बनेको छ।
इंग्ल्यान्डलाई वानखेडे स्टेडियममा हराउँदै वेस्ट इन्डिजले आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो जित दर्ता गर्यो। वेस्ट इन्डिजको जितले नेपालको सुपर ८ सम्भावना थप कमजोर बनेको छ।
बुधबार भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लेको छ। वेस्ट इन्डिजले २ खेलबाट ४ अंक बनाएको हो।
वेस्ट इन्डिजले पहिलो खेलमा इटालीलाइ ३५ रनले हराएको थियो। वेस्ट इन्डिज सन् २०१२ र २०१६ को विश्वकप च्याम्पियन टोली हो।
समूह चरणको पहिलो खेलमा नेपाललाई ४ रनले हराएको इंग्ल्यान्ड भने दोस्रो खेलमा आएर पहिलो हार व्यहोरेको हो। इंग्ल्यान्ड सन् २०१० र २०२२ को च्याम्पियन टोली हो।
तस्बिरमा हेर्नुहोस्




















Shares

प्रतिक्रिया