अटो


भ्वाइस अफ नेपाल २ का विजेतालाई ड्याट्सनको रेडी गो गाडी

भ्वाइस अफ नेपाल २ का विजेतालाई ड्याट्सनको रेडी गो गाडी

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १४:५८,

पायोनियर मोटो कर्प प्रालिले हिमालयन टेलिभिजन नेटवर्क प्रालिको संयुुक्त पहलमा नेपालको सांगीतिक प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का सर्वोत्कृष्ट विजेता राम लिम्बुलाई ड्याट्सन रेडी गो १.ओएल गाडी प्रदान गरेको छ । पायोनियर नेपालमा निशान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता हो।

‘द भ्वाइस अफ नेपाल’ प्रतियोगिताको विजेता राम लिम्बुलाई कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक ज्ञानेन्द्र ब. चन्दले ड्याट्सन रेडी गो गाडीको साँचो हस्तान्तरण गरेका थिए ।

द भ्वाइस अफ नेपालको फाइनल कार्यक्रम गत शनिबार हायात ग्राउण्ड चुच्चेपाटीमा आयोजना गरिएको थियो ।

नेपालमा ड्याट्सन र निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा डाट्सन गाडी बिक्रीवितरण गर्दै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .