ad ad

अटो


मोटरहेड मोटरसाइकलको शो रुम पोखरामा

मोटरहेड मोटरसाइकलको शो रुम पोखरामा

नेपालखबर
माघ १, २०७६ बुधबार १०:२७,

प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाइकलको आधिकारीक बिक्रेता एस एल आर टेक्नो एण्ड टेडको डिलरसिप मल्टी स्टार मोटर प्रालि पोखरा ५, प्रस्यङ्गमा खुलेको छ। सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश अध्यक्ष, संजीव बाहादुर कोइरालाले गरे।

शो रुममा हाल ६ थरि मोडलका मोटरसाइकल उपलब्ध छन्। जसमा टेक्कन २५०, स्पोर्ट २५० स्क्रयाम्बलर २५०, एक्सटंक २५०, एम एच २०० एक्स एमएच १५० आर रहेको छ। यसको बजार मुल्य २ लाख ७८ हजारदेखि ४ लाख ५० हजारसम्म रहेको छ। नेपालका प्रमुख शहरहरुमा उपलब्ध हुने यी मोडेलका मोटरसाइकल नेपालका लागी मोटरहेड मोटरसाईकलको आधिकारीक बिकेता एस एल आर टेक्नो एण्ड ट्रेडले उपलब्ध गराएको छ। ति बाइकहरु नेपाली भैगोलिक बनावटलाइ लक्षित गरी बजारमा ल्याएकी एसएलआर टुक्नो एण्ड टेड प्रालिका बिजनेश डेभलेप्मेन्ट हेड साइमन रसाइलीले जानकारी दिए।

82376129_459344204971927_6171268873594077184_n.jpg

कार्यकममा महासंघका, गण्डकी प्रदेश अध्यक्ष कोइराला, कास्की मोटरसाइकल वर्कसप एसोसीएसनका अध्यक्ष प्रेम गिरि, मल्टीस्टार मोटर्स प्रालिका सीईओ विशाल वास्तोलाले शुभकामना मन्तव्य
राखेका थिए भने कार्यकम सञ्चालन एकिन गुरुङ्गले गरेका थिए।

 

82144654_637730483632204_4922637171006898176_n.jpgउद्घाटनका अवसरमा मोटरहेडका प्रत्येक बाईकको खरिदमा एक वर्षको रोड टयाक्स सहित हेलमेट, टिर्सट, तेस्रो पक्ष बिमा आठ बटा फी सर्भिस पाईने छ। साथमा स्योर सट दश हजार नगद छुट दिइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .