बागमती


बागमतीको चौथो मुख्यमन्त्री बन्दै जम्मरकट्टेल, दाबी पेस गरिँदै

बागमतीको चौथो मुख्यमन्त्री बन्दै जम्मरकट्टेल, दाबी पेस गरिँदै

सुनिता विष्ट
पुस २५, २०७९ सोमबार ८:५८, हेटाैंडा

बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। आज साँझसम्म प्रदेश प्रमुखले खिएको समयसीमाभित्र माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले मुख्यमन्त्रीमा दाबी गर्दै छन्। 

उनी नेकपा एमाले, नेकपा माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन्। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेको आज अन्तिम दिनमा सत्ता साझेदार दलहरुका बीचमा सहमती जुटेसंगै आज यस प्रदेशले चौथो मुख्यमन्त्रीका रुपमा जमकट्टेललाई पाउने छ।

१ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ। बागमतीमा गठबन्धनका तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गरी ६१ सिट छ। सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए।

गठबन्धनमा भएको सहमतिअनुसार बागमतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपसभामुख एमाले पाएको छ। बागमतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए। 

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जमकट्टेल अब चौथो मुख्यमन्त्री बन्ने भएका हुन्। यस प्रदेशमा नेकपा एमाले र माओबादीले आलोपालो मुख्यमन्त्री पाउने भएपछी पहिलो चरणमा भने माओबादीले यसको नेतृत्व गर्ने सहमती भएको छ।

को हुन् जम्मकट्टेल?
२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज समेत हुन्। २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति शुरु गरेका थिए।

२०४८ बाट उनी मजदुर संगठनमा लागेका थिए। औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उनी २०५२ सालमा माओवादी युद्धमा होमिएका थिए।

त्यसयता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भएर काम गरे।

बीए, बीएल सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुगेका हुन्। 

२०६३ मा पुनःस्थापित संसद्को अन्तरिम विधायिका थिए। २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नंम्बर– ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आएका उनी २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने पाण्डेसँगै पराजित हुन परेको थियो।

अघिल्लो कार्यकालमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका जम्मकट्टेल यसअघि २०७४ मा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। नेकपा विभाजन हुँदा उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। ०७४ को निर्वाचनमा धादिङ क्षेत्र नंम्बर– १ को प्रदेशसभा ९२० बाट निर्वाचित भएका जम्मकट्टेल ४ मंसिरमा भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

उनी आगामी नेतृत्वको मुख्यमन्त्री पाउनकै लागि प्रदेश सभामा दोहोरिएको चर्चा समेत चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .