बागमती


बागमती प्रदेश सभामुखमा कांग्रेसका अधिकारीले गरे उम्मेदवारी दर्ता

बागमती प्रदेश सभामुखमा कांग्रेसका अधिकारीले गरे उम्मेदवारी दर्ता

सुनिता विष्ट
पुस २८, २०७९ बिहिबार १३:३०, हेटाैंडा

बागमती प्रदेश सभाको सभामुख पदको लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। सभामुखलाई गठबन्धनले समर्थन गरे सरकारलाई विश्वासको मत दिने बताउँदै आएको कांग्रेसले अधिकारीलाई उम्मेदवारको रुपमा अघि बढाएको हो।

धादिङका अधिकारी समानुपातिक तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन्।

सबैभन्दा ठुलो दल भएरपनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ र नेमकिपाको ३ सांसद रहेका छन्। ११० सदस्यीय रहेको प्रदेश सभामा गठबन्धनको समर्थनमा ७० सांसद रहेका छन्।

सरकारलाई समर्थन गर्नका लागि कांग्रेसले शर्त राखेर सभामुखमा उम्मेदवारी दर्ता गराएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिए।

अधिकारीलाई समर्थन गरे मात्रै कांग्रेसले माघ ३ गते सरकारलाई विश्वासको मत दिने बताउँदै आएको छ। 

नेमकिपाका बाट सृजना सैयजुले पनि उम्मेदवारी दर्ता गरेकी छिन्। सदीय दलका नेता सुरेन्द्रराज गोसाइँको प्रस्तावक र गीता काफ्लेको समर्थकमा सैयजुले उम्मेदवारी दर्ता गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .