बागमती


बागमती प्रदेश : नयाँ गठबन्धनले बदलिने भयो सत्ता समीकरण

बागमती प्रदेश : नयाँ गठबन्धनले बदलिने भयो सत्ता समीकरण

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक।


सुनिता विष्ट
फागुन १३, २०७९ शनिबार १४:१४, काठमाडौँ

बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरिने भएसँगै प्रदेशको सत्ता समीकरण बदलिने भएको छ।

केन्द्रको निर्णय अनुसार राजीनामा दिने तयारीमा जुटेको राप्रपा सरकारबाट बाहिरिएसँगै प्रदेशको सत्ता समीकरण फेरबदल हुने भएको हो। 

राष्ट्रपतिको निर्वाचनका लागि ८ दलको फरक गठबन्धन बनेपछि बागमती प्रदेशको विगतमा बनेको सत्ता गठबन्धन पनि धरापमा परेको छ।

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई समर्थन गरेर चार वटा मन्त्रालय लिएको एमाले अब सरकारबाट बाहिरीने अवस्थामा पुगेको छ।

सरकारबाट बाहिरिँदा केन्द्र र सात वटै प्रदेशमा एकैपटक बाहिरिने तयारीमा रहेको छ। बागमती प्रदेशमा एमाले सरकारबाट बाहिरिएपछि कांग्रेस प्रवेश गर्ने तयारी छ।

केन्द्र र सातै प्रदेशमा सरकारमा रहेको नेकपा एमालेसहितका दल सरकारबाट बाहिरिएमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूले पुनः आफ्नो पक्षमा बहुमत जुटाउनुपर्ने हुन्छ। सरकारमा रहेका दलले सरकार छोडे सत्ता समीकरणमा फेरबदल हुनसक्छ।

त्यासेत, राप्रपा बागमती सरकारबाट बाहिरिने निर्णयमा पुगिसकेको छ। 

बागमती प्रदेशको ११० प्रदेश सभा सदस्यमध्ये राप्रपाको १३ सिट छ। जसमा भुवनकुमार पाठक सभामुख छन् भने विष्ट सहित तीन मन्त्री रहेका छन्।

राप्रपा बागमती संसदीय दलका नेता समेत रहेका उद्धव थापा खानेपानी उर्जा तथा सिंचाई मन्त्री हुन् भने डम्बर तामाङ पर्यटन उद्योग तथा सहकारी मन्त्री रहेका छन्।

तीनै मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाउने तयारीमा जुटेका छन्। सभामुख पाठकको हकमा भने अहिले कुनै निर्णय नभएको बताइएको छ।

सात राजनीतिक दलको नेतृत्व रहेको बागमतीमा सबैभन्दा ठुलो दल कांग्रेस हो।

कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ३, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद रहेका छन्।

नयाँ गठबन्धन बनेर राप्रपा सँगै एमाले पनि सरकारबाट बाहिरिएको खण्डमा सत्ता समीकरणमा बदलाप आउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .