बागमती


मकवानपुर पहिरो अपडेट : ६ मध्ये एकजनाको घाइते अवस्थामा उद्दार

मकवानपुर पहिरो अपडेट : ६ मध्ये एकजनाको घाइते अवस्थामा उद्दार

नेपालखबर
साउन २३, २०८० मंगलबार १९:५१, हेटाैंडा

मकवानपुरको बागमती गाँउपालिका ५ सिक्रेदोभानमा पहिरोले घर बगाउँदा हराइरहेका ६ जनामध्ये एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

उद्धार गरिएकामा सिन्धुली हरिहरपुर १ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङ रहेका छन्।

बिहानदेखि हराइरहेका उनलाई अपरान्ह घटनास्थलदेखि झण्डै ७ किलोमिटर तल बगेरीस्थित बागमती ख‍ोलामा मुढामा तैरिएको अवस्थामा उद्धार गरिएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनको खुट्टा भाँचिएको र आफन्त र स्थानीयसहित एम्बुलेन्समार्फत उपचारका लागि हेटौंडा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

हराइरहेका स्थानीय अक्कल बहादुर स्याङ्तानन, छोरी २२ बर्षीय शिला स्याङ्तान, शिलाका श्रीमान २५ बर्षीय जीवन पहरी, शिलाकी ४ बर्षीय छोरा मिलन पहरी, डेढ बर्षीया छोरी दिब्या पहरीको खोजी जारी रहेको जनाइएको छ।

पहिरोमा परी उद्धार गरिएकी अक्कल बहादुरकी श्रीमती ५५ बर्षीया शन्तमाया स्याङ्ताननको बिहानै मृत्यु भएको थियो।

हराइरहेका ५ जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .