बागमती


वडाध्यक्ष रिजालका दुवै फोक्सोमा भएको थियो भाइरल निमोनिया

वडाध्यक्ष रिजालका दुवै फोक्सोमा भएको थियो भाइरल निमोनिया

फाइल तस्बिर : वडाध्यक्ष मुकुन्द रिजाल


नेपालखबर
भदौ २१, २०८० बिहिबार ९:२३, काठमाडौँ

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाका कारण भएको चिकित्सकले बताएका छन्।  

काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका वडाध्यक्ष रिजालको आज बिहान साढे ७ बजे निधन भएको अस्पतालका निर्देशक डा. विनोद बिजुक्छेले राससलाई जानकारी दिएका छन्। 

दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण उनको निधन भएको डा. बिजुक्छेले बताएका छन्।

वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए।

वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन्।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .