बागमती


बागमतीमा दसैँ-तिहारको अवधिमा १२५ जना पक्राउ, बढी भाडा लिने ५५ सवारीलाई कारवाही

बागमतीमा दसैँ-तिहारको अवधिमा १२५ जना पक्राउ, बढी भाडा लिने ५५ सवारीलाई कारवाही

नेपालखबर
मंसिर १, २०८० शुक्रबार १५:१४, मकवानपुर

चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले हालसम्म विभिन्न कसुरमा १२५ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ।

गत असोजबाट चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालय, हेटौँडामा हालसम्ममा १८७ वटा कसुर दर्ता भएकोमा १२५ जनालाई पक्राउ गरिएको हो।

तीमध्ये जिल्ला प्रहरी कार्यालय मकवानपुर, काभ्रे र चितवनबाट जुवा कसुरमा २५ जनालाई पक्राउ गरिएको छ। उनीहरूसँग प्रहरीले सात लाख ३४ हजार एक सय रुपैयाँ बरामद गरेको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्ला कार्यक्षेत्र रहेको प्रदेश प्रहरी कार्यालयले ५९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रदान गर्दै आएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

उनका अनुसार यात्रुको गुनासो तथा सार्वजनिक यात्रुबाहक सवारी साधन जाँचका क्रममा ५५ सवारी चालकलाई कारवाही गरिएको छ। उनीहरूले बढी भाडा लिएका ४ सय ३४ यात्रुको १ लाख ६ हजार ७२० रुपैयाँ पनि फिर्ता गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .