बागमती


तीन घण्टामै घटेर ३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

तीन घण्टामै घटेर ३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

नेपालखबर
माघ २४, २०८० बुधबार ९:१५, काठमाडौँ

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। 

बिहान ५:४५ बजे ३.३ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे ३.० डिग्री सेल्सियसमा झरेको हो। 

माघ २२ गते ६.७ डिग्री सेल्सियसमा उक्लिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो मंगलबार ३.५ डिग्री सेल्सियसमा झरेको थियो भने आज त्यसभन्दा पनि तल ३.३ डिग्री सेल्सियस भएको हो। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार राति आकास सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने राति आकास बादलले ढाक्यो भने न्यूनतम तापक्रम बढ्छ। 

आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको मौसमविद् अधिकारीले बताए। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ। 

उनका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा छ। 

‘दिउँसो मौसम बदली भए पनि आजलाई उपत्यकामा पानी पर्ने सम्भावना देखिएको छैन’, मौसमविद् अधिकारीले भने। 

देशभरका लागिनेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हेर्नुहोस् शुक्रबारसम्मको मौसम पूर्वानुमान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .