बागमती


आइतबार पनि काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमले मौसमविद्को अनुमान नाघ्यो

आइतबार पनि काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमले मौसमविद्को अनुमान नाघ्यो

फाइल फाेटाे


नेपालखबर
माघ २८, २०८० आइतबार २०:९, काठमाडौँ

काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम साढे २२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। 

मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार आज (आइतबार) उपत्यकाको अधिकतम तापक्रम २२.६ डिग्री सेल्सियसमा उक्लिएको हो। 

आज बिहान महाशाखाका मौसमविद्ले काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस ननाघ्ने अनुमान गरेका थिए।

शनिबार उपत्यकाको अधिकतम तापक्रम २१.३ डिग्री सेल्सियस थियो भने शुक्रबार १८.२ डिग्री सेल्सियस थियो।  

शनिबार पनि उपत्यकाको अधिकतम तापक्रम मौसमविद्ले अनुमान गरेभन्दा माथि पुगेको थियो। 

यसैगरी काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि बिस्तारै उकालो लागिरहेको छ।

मौसम महाशाखाको रेकर्डअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस छ। हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने शुक्रबार ३‍.५ डिग्री सेल्सियस थियो। 

तापक्रम बढ्दै जाँदा चिसोको मात्रा पनि घट्दै गएको छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

मौसमविद्का अनुसार अब देशभरकै तापक्रम बिस्तारै बढ्ने क्रममा जाँदै छ।

किनभने हिउँदयाम (विन्टर सिजन) को अवधि अब यही अंग्रेजी महिना फेब्रुअरी मात्रै हो। यसपछि प्रि-मनसुन सिजन सुरु हुने मौसमविद्ले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .