बागमती


सुन्धारा झडपबारे नगर प्रहरीसँग प्रमुख प्रशासकीय अधिकृतले गरे सोधपुछ

सुन्धारा झडपबारे नगर प्रहरीसँग प्रमुख प्रशासकीय अधिकृतले गरे सोधपुछ

घाइते भएका फुटपाथ व्यवसायी


नेपालखबर
फागुन १७, २०८० बिहिबार १२:४३, काठमाडौँ

बुधबार साँझ नगर प्रहरी र फुटपाथ व्यवसायीबीच भएको झडपबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सोधपुछ गरेका छन्।

बिहीबार बिहान नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई बोलाएर परियारले सोधपुछ गरेका हुन्।

सुन्धारामा बुधबार साँझ भएको झडपमा ५ जना नगर प्रहरी र ६ जना व्यवसायी गरि ११ जना घाइते भएका थिए। 

सो घटनाबारे नगर प्रहरी प्रमुख एसएसपी पाण्डेले प्रतिरक्षा गर्दा झडपको अवस्था सिर्जना भएको ब्रिफिङ गरेका छन्। 

‘घटना के भएको भनेर आज बिहान उहाँ (राजुनाथ पाण्डे) सँग छलफल भएको छ,’ परियारले नेपालखबरसँग भने, ‘अवस्था असामान्य हुन थालेपछि प्रतिरक्षा गर्दा झडपको अवस्था आएको बताउनुभएको छ।’

महानगर प्रहरीले धरहराअगाडि राति ९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेको तर फुटपाथ व्यवसायीले साँझ ७ बजे नै पसल राख्न सुरु गरेकाले हटाउन खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएको बताइएको छ।

उता नेपाल स्वरोजगार व्यापार श्रमिक संघले भने काठमाडौँ महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वको प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .