काठमाडौँ उपत्यकामा पनि शनिबार बेलुका छिटपुट पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उपत्यकाका थानकोट क्षेत्र, नागार्जुन, बूढानीलकण्ठ क्षेत्रतिर छिटपुट पानी परेको हो।
‘काठमाडौँ उपत्यकामा तत्काललाई छिटपुट मात्र वर्षा हुने देखिन्छ’, उनले भने, ‘अबेर राति वा बिहानीपख चाहिँ हल्कासम्म वर्षा हुने सम्भावना देखिएको छ।’
मौसमविद् लामिछानेका अनुसार भोलि आइतबार पनि काठमाडौँ उपत्यकाको मौसम बदली र वर्षाको सम्भावना देखिएको छ।
आज लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्का वर्षा भएको जानकारी उनले दिए।
‘सोही प्रदेशका एक/दुई स्थानमा भने मध्यम वर्षा पनि भएको छ’, मौसमविद् लामिछानेले भने।
यस्तै उल्लिखित प्रदेशकै हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात पनि भएको उनले बताए।
उनका अनुसार यो खबर लेखिरहँदा पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
मार्च १ देखि हिउँदयाम (विन्टर) सकिएर प्रिमनसुन सिजन सुरु भइसकेको छ। अबको मौसम मेघगर्जन/चट्याङसहितको वर्षा तथा हावाहुरीको भएको मौसमविद् बताउँछन्।
Shares
प्रतिक्रिया