बागमती


काठमाडौँ उपत्यकामा पनि दिनभर बदली र वर्षाको सम्भावना

न्यूनतम तापक्रम झन्डै १३ डिग्री सेल्सियस, किन बढ्यो?
काठमाडौँ उपत्यकामा पनि दिनभर बदली र वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
फागुन २०, २०८० आइतबार ६:४९, काठमाडौँ

देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको छ। साथै अहिले बिहान उपत्यकाका कतै कतै छिटपुट वर्षा पनि भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज दिनभर नै उपत्यकाको मौसम यस्तै रहनेछ। ‘आज दिनभर उपत्यकाको मौसम डिस्टर्ब नै रहने सम्भावना छ, आज घाम लाग्ने सम्भावना छैन’, उनले भने, ‘यहाँ छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।’

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ। 

मौसमविद् अर्यालयका अनुसार बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम १२.७ डिग्री सेल्सियस देखिएको हो।

‘न्यूनतम तापक्रम बढ्नुको कारण के हो भने राति आकाश बादलले ढपक्क ढाक्यो तर पानी परेन’, उनले भने, ‘पानी परेको भए मौसम चिसो हुन्थ्यो र न्यूनतम तापक्रम घट्थ्यो, बादल मात्र लाग्यो र पानी परेन भने तातो हुन्छ।’

हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो। 

आज उपत्यकाको अधिकतम तापक्रम भने घट्ने अनुमान मौसमविद्ले गरेका छन्। 

आज दिनभर घाम नलाग्ने तथा हल्का भए पनि वर्षा हुने भएकाले अधिकतम तापक्रम घट्ने भएको हो। 

‘आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीसम्म मात्र पुग्ने अनुमान गरेका छौँ’, मौसमविद् अर्यालले भने। अधिकतम तापक्रम घट्ने दिन दिउँसो पनि चिसो हुन्छ। 

हिजो शनिबार उपत्यकाको अधिकतम तापक्रम २३.३ डिग्री सेल्सियस थियो। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .