बागमती


आइतबार उपत्यकामा कति पर्‍यो पानी, सोमबार सम्भावना के छ?

आइतबार उपत्यकामा कति पर्‍यो पानी, सोमबार सम्भावना के छ?

आइतबार दिउँसो काठमाडौँमा भएको वर्षा। तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन २१, २०८० सोमबार ८:२८, काठमाडौँ

आज (सोमबार) बिहानदेखि काठमाडौँ उपत्यकाको मौसम बिस्तारै खुल्न थालेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले बिहान हल्का हुस्सु लागेको भए पनि घाम लाग्दै जाँदा बिस्तारै हट्नेछ। 

‘दिउँसोतिर अलिअलि बादल लाग्ने सम्भावना छ’, उनले भने, ‘आज उपत्यकामा वर्षाको सम्भावना १० प्रतिशत मात्रै देखिएको छ, कतै कतै छिटपुट पानी पर्ला कि?’

देशभरका लागि- आज पनि धेरै ठाउँमा वर्षा र हिमपात हुने, कस्तो होला मंगलबार र बुधबारको मौसम?

आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस देखिएको मौसमविद् पुडासैनीले जानकारी दिए। उपत्यकाको अधिकतम तापक्रमचाहिँ आज २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। 

आइतबार उपत्यकामा कति पर्‍यो पानी?     
मौसमविद् पुडासैनीका अनुसार आइतबार काठमाडौँ उपत्यकाका लभगभ सम्पूर्ण भूभागमा वर्षा भएको छ। 

‘आइतबार काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ’, मौसमविद् पुडासैनीले सोमबार बिहान भने। 

उनका अनुसार काठमाडौँ उपत्यकामा आइतबार सबैभन्दा बढी धापड्याममा १६.४ मिलिमिटर वर्षा भएको छ। यसपछि सुन्दरीजलमा १३ मिलिमिटर, कीर्तिपुरमा १०.८ मिलिमिटर वर्षा भएको छ भने विमानस्थल क्षेत्रमा १०.४ मिलिमिटर पानी परेको छ।

यसैगरी आइतबार काठमाडौँ उपत्यकाका बूढानीलकण्ठमा ८.२ मिलिमिटर, बबरमहलमा ७.८ मिलिमिटर तथा खोकनामा १ मिलिमिटर वर्षा मापन भएको मौसमविद् पुडासैनीले बताए।

यी स्थान मौसम विभागका वर्षा मापन भएका स्टेसन हुन्।

यसबाहेक उपत्यकाका अन्य स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .