बागमती


काठमाडौँ उपत्यकाको तापक्रम: न्यूनतम झर्‍यो, अधिकतम चढ्यो

काठमाडौँ उपत्यकाको तापक्रम: न्यूनतम झर्‍यो, अधिकतम चढ्यो

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
फागुन २१, २०८० सोमबार १९:३३, काठमाडौँ

मौसम सफा भएसँगै काठमाडौँ उपत्यकाको तापक्रम फेरबदल भएको छ। 

मौसम परिवर्तनका कारण उपत्यकाको तापक्रम एकदिनमै तलमाथि भएको हो। 

मौसम बदली र वर्षाका कारण आइतबार उक्लिएको न्यूनतम तापक्रम सोमबार स्वाट्टै घटेको छ भने आइतबार झरेको अधिकतम तापक्रम सोमबार ह्वात्तै बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आइतबार १२.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबार (आज) ८.५ डिग्री सेल्सियसमा झरेको छ भने आइतबार १९.२ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम आज २३.३ डिग्री सेल्सियसमा चढेको छ। 

मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ भने राति आकाश बादलले ढाक्यो तर पानी परेन भने बढ्छ।

यसको ठीक उल्टो दिनभर आकाश बादलले ढाक्यो, घाम लाग्न पाएन तथा वर्षा भयो भने अधिकतम तापक्रम घट्छ भने आकाश सफा भएर घाम लाग्यो भने बढछ्। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .