बागमती


आज कस्तो रहला काठमाडौँ उपत्यकाको मौसम र तापक्रम?

आज कस्तो रहला काठमाडौँ उपत्यकाको मौसम र तापक्रम?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
फागुन २३, २०८० बुधबार ८:२, काठमाडौँ

आज (बुधबार) पनि काठमाडौँ उपत्यकाको मौसम मुख्यतफा सफा रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार दिउँसोतिर चाहिँ उपत्यकाको मौसम आंशिक बदली हुनसक्छ। ‘तर पानी पर्ने सम्भावना छैन’, उनले भनिन्। 

आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाश २६ देखि ५० प्रतिशतसम्म बादलले ढाक्नु र बाँकी सफा रहनु हो। 

मौसमविद् नगरकोटीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस देखिएको छ।

यो हिजो मंगलबारभन्दा प्वइन्ट ६ डिग्री सेल्सियस कम हो। मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस थियो। 

यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद् नगरकोटीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .