ad ad

बागमती


हात्तीवनमा आगलागी भएको कारखानाभित्र भेटिएको शव पहिचान भयो

हात्तीवनमा आगलागी भएको कारखानाभित्र भेटिएको शव पहिचान भयो

नेपालखबर
चैत २५, २०८० आइतबार ८:३३, काठमाडौँ

ललितपुरको हात्तीवनस्थित मेटल कारखानामा आगलागी हुँदा मृत्यु भएका व्यक्ति काभ्रेको रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान ललितपुर महानगरपालिका–२३, हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा आगलागी हुँदा भेटिएको पुरुषको शव पहिचान भएको थिएन। 

उनी काभ्रेको भुम्लु गाउँपालिकास्थित सल्ले घर भएका ५० वर्षीय भोजबहादुर पहरी भएको पत्ता लागेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिए। 

उनको आफन्त आएर शनिबारै शवको सनाखत गरेको उनले बताए। 

‘ती व्यक्ति पहिले त्यही कारखानामा काम गर्ने रहेछन्’, एसपी सुवेदीले भने, ‘काम छाडे पनि त्यहाँ आएर बस्ने गरेका रहेछन्, त्यही क्रममा आगलागी हुँदा उनको मृत्यु भएको देखिन्छ।’

उनका अनुसार कारखानामा विद्युत् सर्ट भएर आगलागी भएको पाइएको छ। 

शनिबार बिहान ६ बजे स्थानीयले उक्त मेटल कारखानामा आगलागी भएको खबर दिएपछि दकमलसहित प्रहरीको टोली घटनास्थल पुगेको थियो। आगो निभाउने क्रममा पहरीको शव भेटिएको थियो। 

हाल उनको शव किस्ट अस्पतालमा पोस्टमार्टमको क्रममा रहेको एसपी सुवेदीले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .