ad ad

बागमती


काठमाडौँ उपत्यकामा आज हावाहुरी र वर्षाको सम्भावना

तुवाँलो यथावत्
काठमाडौँ उपत्यकामा आज हावाहुरी र वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
चैत २९, २०८० बिहिबार ७:१७, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (बिहीबार) हावाहुरी र वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा दिउँसो हावाहुरी र अपराह्नपछि हल्का वर्षाको सम्भावना देखिएको हो। 

‘दिउँसो १२/१ बजेपछि काठमाडौँ उपत्यकामा हावाहुरी चल्ने सम्भावना देखिएको छ’, उनले भने, ‘आजलाई वर्षाको सम्भावना त्यति धेरै त छैन तर भयो भने दिउँसो २/३ बजेपछि साँझसम्ममा हल्का वर्षा हुनसक्छ।’

उनका अनुसार अहिले बिहान भने काठमाडौँ उपत्यकामा तुवाँलो लागिरहेको छ। ‘मौसम मुख्यतया सफा छ, आकाशमा हल्का मात्र बादल छ’, उनले भने, ‘तर तुवाँलोका कारण घाम राम्रोसँग देखिन पाएको छैन।’

मौसमविद् लामिछानेका अनुसार दिउँसो हावाहुरी चल्दा तुवाँलो केही कम भए पनि साँझपख फेरि उस्तै हुने छ। मजाले वर्षा नभएसम्म तुवाँलो हट्ने सम्भावना नदेखिएको मौसमविद्को भनाइ छ।  

वातावरण विज्ञका अनुसार देशभर डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ।

सोही कारण केही दिनदेखि काठमाडौँ उपत्यकामा पनि तुवाँलो लागिरहेको हो।

केही दिनयता काठमाडौँ विश्वका सर्वाधिक वायु प्रदूषित सहरको सूचीमा परिरहेको छ।   

तुवाँलोका कारण अहिले बिहान काठमाडौँ उपत्यकाको भिजिबिलिटी (पारदर्शिता) ३५ सय मिटर मात्र छ। यो भनेको त्यति राम्रो अवस्था होइन। 

यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस देखिएको र अधिकतम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .