ad ad

बागमती


धादिङ ट्रक दुर्घटना अपडेट : मृतकको संख्या २ पुग्यो

धादिङ ट्रक दुर्घटना अपडेट : मृतकको संख्या २ पुग्यो

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख २, २०८१ आइतबार १६:५७, हेटाैँडा

धादिङको नीलकण्ठ नगरपालिकामा आइतबार भएको ट्रक दुर्घटनामा घाइते अर्का एक जनाको पनि मृत्यु भएको छ।

मृत्यु हुनेमा ४० वर्षीय राम रम्तेल रहेका छन्। राम यसअघि सोही दुर्घटनामा ज्यान गुमाएका १० वर्षीय सन्तोष रम्तेलका बुवा हुन्। उनको उपचारको क्रममा धादिङ जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यससँगै ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरु ट्रक चालक ३५ वर्षीय विष्णु सिर्मल, ट्रकमा सवार १३ वर्षीय कृष्ण रम्तेल र १४ वर्षीय सुदीप मजरकोटी, ३५ वर्षीय हिरा रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १० वर्षीय प्रितम मजरकोटी र १० वर्षीय विमल मजरकोटीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

ट्रक साँघुरो कच्ची घुम्ती सडकबाट १५० मिटर तल पिमलखोलामा पुगेको थियो। स्थानीय चाउरे भन्ने टीका रम्तेलको घरको मल बोकेर खेतमा लाने क्रममा ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको स्थानीयबासीले बताएका छन्। गाडी ब्रेक फेल भएपछि स्टेरिङ समेत मोड्न नसक्दा सिधै खोलामा खसेको आकंलन गरिएको छ।  

उनीहरु एकै परिवारको सदस्य रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान ९ बजेतिर नीलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .