ad ad

बागमती


काभ्रेमा बस र सुमो ठोकिँदा चालकसहित महोत्तरी र सर्लाहीका ७ जना घाइते

तीन जना बेहोस, एक घाइतेको अवस्था गम्भीर
काभ्रेमा बस र सुमो ठोकिँदा चालकसहित महोत्तरी र सर्लाहीका ७ जना घाइते

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १३:३९, काठमाडौँ

बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-२, बेलामा आज (बिहीबार) बिहान बस र सुमो ठोकिँदा ७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार भकुण्डेबाट धुलिखेल आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो आज बिहान साढे  ११ बजेतिर आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा घाइते चालकसहित ७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनामा महोत्तरी बर्दिबास बस्ने वर्ष ५२ की रासुदेवी महरा (ओठमा  चोट, अवस्था बेहोस), महोत्तरी बर्दिबास बस्ने वर्ष  ४८ की सुमीन्द्र देवी (बाहिरी चोट नभएको बेहोस), महोतरी ३ बस्ने ३९ की दुर्गा बराइली ( निधार, गाला, आँखामा चोट, अवस्था गम्भीर), सर्लाहीको लालबन्दी बस्ने वर्ष ३५ की सबिना थपलिया (टाउको, गालामा चोट, अवस्था बेहोस), सर्लाही लालबन्दी बस्ने सविना थपलियाकी छोरी वर्ष ८ की सन्हया थपलिया (नाक, मुखमा चोट, अवस्था मध्यम),  महोत्तरी ३ बस्ने वर्ष ३४ का सुमन विक (देब्रे खुट्टामा चोट, अवस्था मध्यम) र चालक धनुषाको यज्ञभूमि नगरपालिका ८ बस्ने वर्ष ५५ का विशेश्वर बुर्गामगर (दाहिने हात, पेटमा चोट, अवस्था मध्यम) घाइते भएका हुन्।

घाइते सबै सुमोमा सवारहरू हुन्। उपचारका लागि उनीहरूलाई धुलिखेल अस्पताल पठाइएको र बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .