ad ad

बागमती


काठमाडौँमा यात्रुको औँला भाँचिदिएको आरोपमा इनड्राइभ चालक पक्राउ

काठमाडौँमा यात्रुको औँला भाँचिदिएको आरोपमा इनड्राइभ चालक पक्राउ

जोन तामाङ


नेपालखबर
बैशाख ६, २०८१ बिहिबार २०:३६, काठमाडौँ

काठमाडौँमा यात्रुलाई कुटपिट गरेको आरोपमा प्रहरीले इनड्राइभ चालकलाई पक्राउ गरेको छ।

सिंहदरबारस्थित प्रहरी वृत्तले यात्रु केशव घिमिरेको निवेदनका आधारमा नवलपरासी घर भई हाल काठमाडौँको टोखामा बस्ने २६ वर्षीय जोन तामाङलाई पक्राउ गरेको हो। 

चालक तामाङले आफ्नो तीनवटा औँला भाँचिदिएको सेवाग्राही घिमिरेले निवेदनमा लेखेका छन्। 

पीडित घिमिरेका अनुसार घटना गत चैत १४ गते दिउँसोको हो। थापाथलीस्थित कलेज अगाडिबाट इनड्राइभ गरी थापाथलीसम्म आउने क्रममा नर्भिक छेउमा पुगेपछि मोटरसाइकल चालक तामाङले अर्को बाटो लान खोजेपछि विवाद भएको थियो। 

त्यस क्रममा सेवाग्राही घिमिरेले प्रहरीलाई खबर गर्छु भनी मोटरसाइकलको चाबी निकालेपछि चाबी खोसाखोस भएको थियो। त्यस क्रममा चालक तामाङले आफ्नो दाहिने हातका ३ वटा औँला भाँचिदिएको भनी घिमिरेले जाहेरीमा उल्लेख गरेका छन्।  

घटनापछि फरार इनड्राइभ चालक तामाङलाई खोजीका क्रममा बुधबार दिउँसो बानियाँटारबाट पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमाबाट थप अनुसन्धान भइरहेको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .