बागमती


पछिल्लो एक घण्टामा सबैभन्दा बढी वर्षा ललितपुरको गोदावरीमा

पछिल्लो एक घण्टामा सबैभन्दा बढी वर्षा ललितपुरको गोदावरीमा

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १४:२, काठमाडौँ

अहिले (मंगलबार दिउँसो) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यतिबेला कोसी, बागमतीका थोरै स्थान तथा लुम्बिनी र गण्डकीका एक/दुई स्थानमा पानी परिरहेको छ। 

महाशाखाको दिउँसो २ बजेसम्मको विवरणअनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढी वर्षा ललितपुरको गोदावरीमा भएको छ।

महाशाखाको मापनअनुसार पछिल्लो एक घण्टामा गोदावरीमा २३.३ मिलिमिटर वर्षा भएको हो।

यसपछि मकवानपुरको रजनियामा ८.८ मिलिमिटर, इलामको माइपोखरीमा ८.४ मिलिमिटर वर्षा भएको छ।

यसैगरी पछिल्लो एक घण्टामा चितवनको शक्तिखोरमा ९ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांकले देखाएको छ।  

मौसमविद्का अनुसार १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १० देखि माथि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा तथा ५० देखि माथि सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिन्छ। 

वर्षाकै कारण गोदावरी मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलसमेत स्थगन गर्नुपरेको  गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए।  

यो पनिकाठमाडौँमा पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .