बागमती


काठमाडौँ उपत्यकामा १२ घण्टादेखि वर्षा

काठमाडौँ उपत्यकामा १२ घण्टादेखि वर्षा

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार ६:४८, काठमाडौँ

देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि रातिदेखि पानी परिरहेको छ।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार काठमाडौँ उपत्यकामा रातिदेखि नै पानी पर्ने रोकिने, फेरि पर्ने क्रम जारी छ। 

शुक्रबार बिहान ६:३० बजे उनले भने, ‘उपत्यकामा १२ घण्टाअघि देखि वर्षा जारी देखिन्छ, एकोहोरोचाहिँ होइन, एकछिन रोकिने, फेरि वर्षा हुने भइरहेको छ, अहिले भने वर्षा अलि मत्थर भएको छ।’ 

मौसम महाशाखाको रेकर्डअनुसार विगत १२ घण्टामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी धापड्याममा १२.६ मिलिमिटर वर्षा भएको छ। 

यसपछि बूढानीलकण्ठमा ८.६, सुन्दरीजलमा ८ तथा बबरमहल र कीर्तिपुरमा समान २.४ मिलिमिटर वर्षा भएको छ। मौसमविद् अर्यालयका अनुसार उपत्यकाका सबै स्थानमा पानी परेको छ। 

उपत्यकामा दिउँसो पनि पानी पर्ने सम्भावना रहेको उनले बताए। ‘१०/११ बजेतिर मौसम खुल्लाखुल्लाजस्तो देखिए पनि पुनः अपराह्नपछि बादल लाग्ने र वर्षा हुने सम्भावना देखिएको छ’, उनले भने। 

यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६.२ डिग्री सेल्सियस देखिएको छ भने अधिकतम २७ देखि २९ डिग्रीसम्म जाने अनुमान गरिएको मौसमविद् अर्यालले बताए। 

देशभरको मौसमका लागि- बागमती, कोसी र गण्डकीमा मेघगर्जनसहित वर्षा जारी, कस्तो होला ३ दिनसम्मको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .