ad ad

राजनीति


बाजुरा एमालेमा कर्ण थापा पक्ष पत्तासाफ, प्यानलै पराजित

बाजुरा एमालेमा कर्ण थापा पक्ष पत्तासाफ, प्यानलै पराजित

कर्णबहादुर थापा र लालबहादुर थापा


नेपालखबर
जेठ ६, २०८१ आइतबार २२:६, काठमाडौँ

बाजुरा एमालेको अध्यक्षमा लालबहादुर ओली चयन भएका छन्। उनी केन्द्रीय सदस्य लालबहादुर थापा पक्षधर हुन्। पदाधिकारीमा उनको प्यानलै विजयी भएको छ।

एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले अघि सारेका उम्मेदवार भरत थापा अध्यक्षमा पराजित भएका छन्। उनीसँगै कर्णबहादुरले साथ दिएको प्यानलै पराजित भएको छ।

अध्यक्षमा लालबहादुर ओलीले २ सय १८ मत पाउँदा भरत थापाले २ सय ३ मत मात्र पाए। ओलीले १५ मतले जित हासिल गरे।

एमाले बाजुराको अध्यक्षमा निर्वाचित लालबहादुर ओली

एमाले बाजुराको ८ औँ जिल्ला अधिवेशनका लागि ४३९ प्रतिनिधि चयन भएका थिए। १ जेठमा उद्घाटन भएको अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयनको प्रयास सफल नभएपछि चुनाव भएको हो। 

केन्द्रमा ओली समूहमै रहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापाबीच बाजुरामा शक्तिसंघर्ष चल्दै आएको छ।

लालबहादुर ओलीको प्यानलबाट उपाध्यक्षमा जनकबहादुर बोहरा, सचिवमा काशी विक र उपसचिवमा हरिबहादुर रोकाया र राजकला सार्की फराकिलो मतान्तरले विजयी भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .