ad ad

बागमती


बागमती संसदीय समिति : ४ वटामा मनोनय दर्ता, यी हुन् सभापतिका उम्मेदवार

बागमती संसदीय समिति : ४ वटामा मनोनय दर्ता, यी हुन् सभापतिका उम्मेदवार

सुनिता विष्ट
जेठ ४, २०८१ शुक्रबार १९:४७, हेटाैँडा

बागमती प्रदेशसभाको ४ वटा संसदीय समितिका सभातिका लागि सांसदहरूले मनोनयन दर्ता गरेका छन्। कांग्रेसका दुईजना, राप्रपाका एक र माओवादी केन्द्रका एक जनाले मनोनय दर्ता गरेका हुन्।

जसमा कांग्रेसका छिरिङ दोर्जे लामाले प्रदेश मामिला समितिमा मनोनयन दर्ता गरेका छन्।

उनले सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र प्रभात तामाङको समर्थनमा मनोनयन दर्त गरेका हुन्। सांसद लामा काठमाडौँ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद हुन्।

त्यस्तै कांग्रेसका सांसद श्रीराम लामिछानेले प्रदेशसभाको सार्वजनिक लेखा समितिमा मनोनयन दर्ता गरेका छन्। लामिछानेले सांसद कुमार तामाङको प्रस्ताव र माया श्रेष्ठको समर्थनमा मनोनयन दर्ता गरेका हुन्। सांसद लामिछाने काठमाडौँ क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित सांसद हुन्।

यस्तै, राप्रपाका नुरज बज्राचार्यले अर्थ तथा विकास समितिमा मनोनयन दर्ता गरेका छन्। रमेश महतको प्रस्ताव र डम्बर तामाङको समर्थनमा उनले समिति सभापतिमा मनोनयन दर्ता गरेका छन्। उनी काठमाडौँ ९(१) बाट निर्वाचित सांसद हुन्।

यस्तै, माओवादी केन्द्रका सांसद ठाकुर प्रसाद ढकालले प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा मनोनयन दर्ता गरेका छन्।  

प्रदेशसभाको थप २ समितिको सभापति लागि मनोनयन दर्ता हुनेछ। प्रदेश विशेषाधिकार समिति र उद्योग पर्यटन तथा वातावरण समितिको सभापतिमा क्रमशः एकीकृत समाजवादी र एमालेले मनोनयन दर्ता गर्नेछन्।

एमालेको भागमा परेको उद्योग पर्यटन तथा वातावरण समितिको सभापतिमा आनन्द कुमार श्रेष्ठ र नेकपा एसको भागमा परेको विशेषाधिकार समितिको नेतृत्वमा सांसद मायादेवी शर्माले मनोनयन दर्ता गर्नेगरि नाम टुंगो लगाइसकेका छन्।

बागमतीमा संसदीय समिति सभापतिको भागबन्डा पुर्‍याउन समिति नै बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .