आज (बिहीबार) देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्का वर्षा हुने सम्भावना देखिएको बताइन्।
गएराति पनि काठमाडौँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको जानकारी उनले दिइन्।
२४ घण्टाभित्र १० मिलिमिटरभन्दा मुनिको वर्षा भयो भने हल्का तथा १० मिलिमिटरभन्दा माथि तर सय मिलिमिटरभन्दा मुनिको वर्षा भयो भने मध्यम वर्षा भनिन्छ।
यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.६ डिग्री सेल्सियस देखिएको मौसम महाशाखाले जनाएको छ। आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम भने २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
69
Shares
प्रतिक्रिया