आज (मंगलबार) काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ।
‘यतिखेर (मंगलबार बिहान ७ बजे) भने काठमाडौँ उपत्यकाको मौसम आंशिकदेखि साधारणतया बदली (कतै बाक्लो त कतै पातलो बादल) छ’, उनले भने, ‘आज दिनभर उपत्यकाको मौसम बदली बदलीकै अवस्थामा रहने सम्भावना छ।’
यसैबीच आज बिहान ५:४५ बजेको रेकर्डमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.८ डिग्री सेल्सियस देखिएको जानकारी पनि मौसमविद् झाले दिए।
आज उपत्यकाको अधिकतम तापक्रम भने २९ देखि ३१ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।
1.1k
Shares
प्रतिक्रिया