ad ad

बागमती


काठमाडौँको नागार्जुनमा दुर्घटना, १ जना गम्भीर घाइते

काठमाडौँको नागार्जुनमा दुर्घटना, १ जना गम्भीर घाइते

आपसमा ठोकिएका गाडी र मोटरसाइकल।


नेपालखबर
भदौ ८, २०८१ शनिबार १३:४, काठमाडौँ

काठमाडौँको नागार्जुनमा आज (शनिबार) दिउँसो गाडी र मोटरसाइकल आपसमा ठोकिँदा दिँदा एक जना गम्भीर घाइते भएका छन्।

बलम्बु प्रहरी प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार नागार्जुन नगरपालिका-७, स्थित बिन्दावासिनी सडकखण्डमा स्विजरल्यान्ड पार्कबाट कलंकीतर्फ जाँदै गरेको प्र. ०१–०२५ च ९२४३ नम्बरको योधा जिप र विपरीत दिशाबाट आइरहेको बा. प्र. ०२-०१७ प १०९ नम्बरको यामाहा भी३ मोटरसाइकल आपसमा ठोकिएका हुन्।

दुर्घटनामा एक जना गम्भीर घाइते भएको र उनलाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल पठाइएको उनले जानकारी दिए। 

‘हामी भर्खर घटनास्थल आइपुगेका छौँ’, प्रहरी निरीक्षक आचार्यले भने, ‘विस्तृत कुरा बुझ्नै बाँकी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .