प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक दोस्रो दिन पनि जारी छ।
केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिबार सुरू भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले धारणा राखिरहेको नेकपा माओवादी केन्द्रले जनाएको छ।
बैठक शुक्रबारदेखि सुरु भएको हो। बैठकमा धाराणा राख्नेक्रम नसकिएपछि आज पनि बसेको हो। बैठक आज नै सकाउने तयारी गरिएको छ।
यसअघि बागमती प्रदेशको बैठक बसेको थियो। असोज पहिलो साता केन्द्रीय कमिटी बैठककको तयारी गरेको माओवादी केन्द्रले विभिन्न प्रदेशमा पार्टीबारे नेता, कार्यकर्ताको धारणा बुझ्ने कोसिस गरिरहेको छ।
33
Shares
प्रतिक्रिया