ad ad

बागमती


नारायणगढबाट काठमाडौँतर्फ गुडिरहेको मोटरसाइकलमा माथिबाट ढुंगा खसेर लाग्यो

नारायणगढबाट काठमाडौँतर्फ गुडिरहेको मोटरसाइकलमा माथिबाट ढुंगा खसेर लाग्यो

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०८१ आइतबार १०:५७, हेटौँडा

नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना-६, खोरखोलानजिकै  गुडिरहेको मोटरसाइकलमा माथिबाट ढुंगा खसेर लाग्दा चालक सामान्य घाइते भएका छन्। 

चितवन प्रहरीका अनुसार नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा. प्र. ०३–००४ प २७०२ नम्बरको मोटरसाइकललाई बिहान ८ बजेतिर सडकमाथिबाट ढुंगा खसेर लागेको हो। 

ढुंगाले लागेर मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–२१ बस्ने वर्ष २८ का आशिक मियाँको बायाँ हातमा सामान्य चोट लागेको छ।

ढुंगाले मोटरसाइकलमा सामान्य क्षति पुगे पनि मियाँ आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .