ad ad

बागमती


काठमाडौँको नागार्जुनमा जिपसँग मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

काठमाडौँको नागार्जुनमा जिपसँग मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

घटनास्थल


नेपालखबर
भदौ ९, २०८१ आइतबार १२:१३, काठमाडौँ

काठमाडौँको नागार्जुनमा शनिबार गाडीमा मोटरसाइकल ठोकिँदा घाइते भएका युवकको मृत्यु भएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार शनिबार (भदौ ८ गते)  दिउँसो अन्दाजी १२:१५ बजे नागार्जुन नगरपालिका-७, स्थित बिन्दावासिनी सडकखण्डमा स्विजरल्यान्ड पार्कबाट कलंकीतर्फ जाँदै गरेको प्र. ०१–०२५ च ९२४३ नम्बरको योधा जिप र विपरीत दिशाबाट आइरहेको बा. प्र. ०२-०१७ प १०९ नम्बरको यामाहा भी३ मोटरसाइकल आपसमा ठोकिएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दोलखा शैलुङ्गेश्वर नगरपालिका-६ घर भई हाल काठमाडौँ-१३, छाउनी बस्ने वर्ष २० का सजन सुवेदीको उपचारका क्रममा मृत्यु भएको थियो।

दुर्घटनालगत्तै उनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल हस्पिटल लगिएको र उपचारका क्रममा शनिबारै दिउँसो १:४५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि भागेका जिप चालक सुनसरीको गढी गाउँपालिका-५ घर भई हाल काठमाडौँको नैकाप बस्ने वर्ष ४३ का जगत्‌बहादुर मगरलाई त्यही दिन अपराह्न ५:२५ बजे पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रमा राखिएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .