ad ad

कला


विष्णु माझीको ‘आइनँ आमा यो तीजमा’ बन्यो २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीत

विष्णु माझीको ‘आइनँ आमा यो तीजमा’ बन्यो २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीत

नेपालखबर
भदौ ९, २०८१ आइतबार ११:५७, काठमाडौँ

चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत ‘आइनँ आमा यो तीजमा’ले एक दिनमा धेरै हेरिने गीतको रेकर्ड बनाएको छ।

२४ घण्टामा यस गीतलाई युट्युबमा १५ लाखपटक हेरिएको छ। 

यसअघि कुनै पनि गीतले एक दिनमा यति भ्युज पाउन सकेका थिएनन्।

यो खबर बनाउँदासम्म गीतलाई साढे १६ लाखभन्दा बढी भ्युज मिलिसकेको छ।

सपना म्युजिक इन्ड्रस्ट्रिज युट्युब च्यानलमा सार्वजनिक गीतमा १ लाख २७ हजार लाइक र १४ हजारभन्दा बढीले कमेन्ट गरेका छन्।

गीत रिलिज भएसँगै सामाजिक सञ्जालमा यसको चर्चा छ। महिलाहरूले गीतको क्लिपमा टिकटक र रिल्स पनि बनाइरहेका छन्।

विशेषगरी माझीको स्वर र शब्दले दर्शकको ध्यान खिचिरहेको छ।

तर यो गीत ट्रेन्डिङमा ‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ।

विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतमा तीजमा माइत जान नपाएको कुरा समेटिएको छ।

विष्णुको यसअघिको गीत ‘चरी जेलैमा’  लाई १३ दिनमा एक करोड भ्युज पाएको थियो।

छोटो समयमा करोड क्लबमा पुग्ने गीतमा प्रकाश सपुतको ‘सकम्बरी’ छ। यस गीतलाई एक सातामा करोडभन्दा बढी पटक हेरिएको थियो।

हेर्नुहोस् त्यो गीत-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .