पछिल्लो २४ घण्टामा भक्तपुरको नगरकोटमा धेरै भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखााको आज (शुक्रबार) साँझ ५:५१ बजेसम्मको अपडेटअनुसार गत २४ घण्टामा भक्तपुरको नगरकोटमा १४२.२ मिलिमिटर वर्षा भएको हो।
सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद्को भाषामा धेरै भारी वर्षा भनिन्छ।
यसैगरी विगत २४ घण्टामा काठमाडौँ उपत्यकाका अन्य २ स्थानमा भारी वर्षा भएको छ।
मौसम महाशाखाको वर्षा विवरणअनुसार काठमाडौँको धापड्याममा ७८ मिलिमिटर र ललितपुरको शंखुमा ५३.४ मिलिमिटर वर्षा भएको हो।
५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।
279
Shares
प्रतिक्रिया