ad ad

बागमती


पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका यी ९ स्थानमा अति भारी वर्षा (सूची)

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका यी ९ स्थानमा अति भारी वर्षा (सूची)

शनिबार डुबानमा परेको एमाले केन्द्रीय कार्यालय (च्यासल)। तस्बिर : सरोज बैजु


नेपालखबर
असोज १२, २०८१ शनिबार १३:२१, काठमाडौँ

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा पनि व्यापक वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाको आज दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) का ९ स्थानमा अति भारी (२०० मिलिमिटरभन्दा बढी) वर्षा भएको छ। 

यस्तै उपत्यकाका ५ स्थानमा धेरै भारी (१०० मिलिमिटरभन्दा बढी) वर्षा भएको छ। 

हेर्नुहोस् सूची– 

अति भारी वर्षा भएका उपत्यका ९ स्थान यी हुन्-

-काठमाडौँको कीर्तिपुरमा २१७.८ मिलिमिटर

-काठमाडौँको बबरमहलमा २३१.२ मिलिमिटर

-ललितपुरको खुमलटारमा २७८ मिलिमिटर

-ललितपुरको टीकाथलीमा २५६ मिलिमिटर

-काठमाडौँको एअरपोर्टमा २११.४ मिलिमिटर

-काठमाडौँको पानीपोखरीमा २००.६ मिलिमिटर

-ललितपुरको लेलेमा २३२.२ मिलिमिटर

-ललितपुरको गोदावरीमा ३०५.२ मिलिमिटर

-भक्तपुरको नगरकोटमा २०१  मिलिमिटर 

यी हुन् धेरै भारी वर्षा भएका उपत्यकाका ५ स्थान

-भक्तपुरको ताथलीमा १५५.८ मिलिमिटर

-काठमाडौँको कपनमा १९४ मिलिमिटर

-काठमाडौँको बूढानीलकण्ठमा १८९.८ मिलिमिटर

-काठमाडौँको सुन्दरीजलमा १४३.६ मिलिमिटर

-काठमाडौँको शंखुमा १३५.६ मिलिमिटर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .