आज (बुधबार) काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १८ तथा न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस माथि देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको छ। यो बिहान ८:४५ बजे मापन गरिएको हो।
यसैगरी आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस देखिएको छ। यो अघि साँझ ५:४५ बजे मापन गरिएको हो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।
174
Shares
प्रतिक्रिया