आज (बिहीबार) बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको हो।
उपत्यकाका लागि यो न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम हो।
यसअघि उपत्यकामा यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम यही माघ ८ गते ३.२ डिग्री सेल्सियस थियो।
आज यसभन्दा पनि तल झरेको हो।
न्यूनतम तापक्रम तल झर्दा बिहान कठ्यांग्रिँदो जाडो हुन्छ।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
480
Shares
प्रतिक्रिया