बैंक/वित्त


नबिल बैंकद्वारा एसएमई ग्राहकका लागि क्षमता अभिवृद्धि कार्यक्रम

नबिल बैंकद्वारा एसएमई ग्राहकका लागि क्षमता अभिवृद्धि कार्यक्रम

नेपालखबर
फागुन २७, २०७८ शुक्रबार २०:३८, काठमाडौँ

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरुका लागि व्यवसायिक क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम सञ्चालन गरेको छ।

बैंकले विज्ञ सुमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी तालिम आयोजना गरेको हो।

उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयास भएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ऋणी ग्राहकहरुको उपस्थिति रहेको थियो। 

बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमुख निरज कुमार बस्नेत डनिलले नबिल बैंकले आफनो एसएमई ग्राहकहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास एवं बिस्तारका साथै बैंक र ग्राहक बिचको दिगो सम्बन्धलाई लक्षित गर्दै यस किसिमको तालिम  आयोजना गरिएकाे बताए।

सहभागी ग्राहकहरुले यस किसिमको तालिम आफ्नो व्यवसायिक क्षमता वृद्धिको लागि अति नै उपयोगी भएको साथै एक आपसमा अनुभव तथा ज्ञानको आदान प्रदान भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .