ad ad

अपराध


रुपन्देहीको कल सेन्टरमा छापा, १५० जना पक्राउ

रुपन्देहीको कल सेन्टरमा छापा, १५० जना पक्राउ

सुदीप भण्डारी
साउन ८, २०७९ आइतबार १५:३८, बुटवल

रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ।

तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मारी  प्रहरीले १५० बढी युवायुवतीलाई नियन्त्रणमा लिएको छ। 

कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा छापा हानेको प्रहरीले जनाएको छ।

४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिइ ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा छापा मारिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको उक्त ठगी कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए।

आफूहरु घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .