ad ad

अपराध


सिङ्गापुर, अफगानिस्तान र घाना पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

सिङ्गापुर, अफगानिस्तान र घाना पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

नेपालखबर
माघ २४, २०७९ मंगलबार १८:१४, काठमाडौँ

सिङ्गापुर, अफगानिस्तान र घानामा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

काठमाडौंको टोखा नगरपालिका ३ बस्ने सोलुखुम्बु सोलु दूधकुण्ड नगरपालिका ७ घर भएका ३० वर्षीय अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

उनले ७ जनाबाट ५७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोग छ। वैदेशिक रोजगारीको लागि सिङ्गापुर, अफगानिस्तान तथा घाना जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि पानीजहाज लगायतका कम्पनीहरूमा काम लगाइदिन्छु र मासिक १ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी उक्त रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ।

उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका २६ गोंगबुबाट पक्राउ गरेको हो।

थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .