महोत्तरीमा ७० वर्षीय वृद्धको हत्या भएको छ। महोत्तरी गाउँपालिका ३ मडैका ७० वर्षीय शिव महराको चक्कु प्रहारबाट सोमबार दिउँसो मृत्यु भएको हो।
बृद्धभत्ताको पैसा नदिएको बिषयलाई लिएर उनकै भतिज ३० वर्षीय बिजेन्द्र महाराले तिघ्रामा चक्कु प्रहार गर्दा शिवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय कटिकटैयाबाट खटिएको प्रहरीले घटनामा संलग्न बिजेन्द्रको खोजी गरिरहेको छ।
30
Shares
प्रतिक्रिया