वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भनी रकम ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
कैलाली टीकापुर घर भई ललितपुर टीकाथली बस्ने कृतक बहादुर साउँदलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले प्रकाउ गरेको हो।
साउँदले वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइईदिन्छु भनी रु १३ लाख ९२ हजार ठगेर अजरबैजानसम्म पुर्याएर अलपत्र पारेका थिए।
उनलाई सिनामंगलबाट पक्राउ गरिएको हो।
थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई वैदशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ।
6
Shares
प्रतिक्रिया