अपराध


‘मन्दिरमा बलि चढाउन’ भन्दै सल्यानमा ८ वर्षीय बालकको हत्या

‘मन्दिरमा बलि चढाउन’ भन्दै सल्यानमा ८ वर्षीय बालकको हत्या

प्रतिकात्मक तस्बिर


दिनेश बुढा
माघ २, २०७९ सोमबार १२:३६, सुर्खेत

सल्यानमा एक व्यक्तिले मन्दिरमा बलि चढाउन भन्दै आफ्नै भान्जाको हत्या गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आइतबार दिउँसो २ बजे बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले स्थानीय ८ वर्षीय भिजन घर्तीको घाँटी रेटेर हत्या गरेका हुन्। 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवम् प्रहरी निरीक्षक गोपाल श्रेष्ठले घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पाले बालकको घाँटी रेटेको स्थानीयले बताएको जानकारी दिए। 

उनले भने, ‘स्थानीयहरुलाई बुझ्दा पुरीको मासिक सन्तुलन ठीक नभएको बताएका छन्, हामीसँगको प्रारम्भिक बयानमा देवीदेवताले मागेको भन्दै बलि दिएको उनले भनेका छन्, उनीबारे अनुसन्धान भइरहेको छ।’ 

प्रवक्ता श्रेष्ठले थपे, ‘अहिले नै घटनाकाबारेमा केही भन्न सकिने अवस्था छैन, स्थानीयले भनेअनुसार उ मानसिक रोगी हो या होइन त्यो मेडिकल रिपोर्टपछि मात्रै थाहा हुन्छ, आज बिदा परेकाले भोलि म्याद थप गरेर निज माथि थप अनुसन्धान पक्रिया सुरु हुन्छ।’ 

घटना घटेलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरेको थियो। 

पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .