वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका धनकुटा नगरपालिका-७ टोड्केका रविन विश्वकर्माको सवारी दुर्घटनामा ज्यान गएको छ।
मलेसियाको सालाङगस्थित एसटिनो कलर कम्पनीमा काम गर्दै आएका ३४ वर्षीय विश्वकर्माको दुर्घटनामा यही आइतबार मृत्यु भएको हो।
राति करिब ९ बजे मोटरसाइकलमा साथीलाई कोठा पुयाउन जाँदै गर्दा ट्याङ्करको ठक्करबाट रविनको मृत्यु भएको हो।
उनको शवलाई पोस्टमार्टमका लागि प्रहरीले अस्पताल लगेर नेपाल पठाउने तयारी भएको छ।
११ वर्षअघि मलेसिया पुगेका रविनले केही महिनापछि घर फर्किने तयारीमा थिए।
पतिको निधनपछि यता घरमा श्रीमती कल्पनासहित परिवारका सदस्य स्तब्ध भएका छन्। घर आउँछु भनेर खबर पठाएका रविन बितेपछि उनीहरूको घरको मूल सहारा नै टुटेको छ।
846
Shares
प्रतिक्रिया