राजनीति


इलाम–२ : आफ्नै वडामा डकेन्द्रले पाए जम्मा १ सय १७ मत

इलाम–२ : आफ्नै वडामा डकेन्द्रले पाए जम्मा १ सय १७ मत

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १८:४०, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। प्रारम्भिक रुझान हेर्दा यहाँ प्रमुख दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा भइरहेको प्रारम्भिक मतपरिणामले देखाएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २ र ३ नम्बरको मात्रै मतगणना भएको छ। 

यी मध्ये वडा नम्बर ३ स्वतन्त्र उम्मेदवार थेगिमको आफ्नै जन्मस्थान पनि हो। उनले सोही वडाको आमचोक मतदान केन्द्रबाट मतदान गरेका थिए। 

सोही वडाको रातमाटे भन्ने ठाउँमा उनको स्थायी घर छ। 

पहिचान पक्षधरको साझा उम्मेदवार बनेका थेगिमले यही वडाबाट धेरै मत ल्याउनसक्ने आकलन अभियानमा खटिएका नेताहरूले गरेका थिए। 

तर, थेगिमले आफ्नै वडाबाट उल्लेख्य मत पाउन सकेनन्। 

वडा नम्बर १ मा १८७ मत पाएका थेगिमले वडा नम्बर २ मा १ सय २६ मत पाए। त्यस्तै, वडा नम्बर ३ मा आइपुग्दा उनले १ सय १७ मत मात्रै पाएका छन्।

उनलाई निर्वाचन आयोगले मुढा चुनाव चिन्ह प्रदान गरेको छ। 

यी तीन वटाबाट जम्मा ४ हजार १ सय ५० मत खसेको थियो। जसमध्ये वडा नम्बर १ मा १७, २ मा १३ र ३ मा १४ मत बदर भएको छ। 

अहिलेसम्म कांग्रेसका खड्काले १६ सय ५८, एमालेका नेम्वाङले १६ सय ३० मत ल्याएर प्रतिस्पर्धामा छन्। 

तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू छन् भने चौथोमा रास्वपा उम्मेदवार मिलन लिम्बू चौथो अवस्थामा छन्। 

थेगिमले ४ सय ३० र लिम्बूले ३ सय ८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .